Section 6
बोलपत्रमा अनियमितता गर्न नहुने
: (१) कुनै निकायले सार्वजनिक रुपमा आह्वान गरेको बोलपत्रमा त्यस्तो बोलपत्र पेश गर्ने बोलपत्रदाताले देहायको काम गरी बोलपत्रमा अनियमितता गर्न गराउन हुँदैन :
(क) कुनै बोलपत्रदाताको बोलपत्र दाखिला नगर्न वा एउटा मात्र बोलपत्रदाताले बोलपत्र दाखिला गर्न वा प्रत्यक्ष वा परोक्ष रुपमा सबै बोलपत्रदाताले एकै किसिमको मूल्य वा अन्य विवरण उल्लेख गरी बोलपत्र दाखिला गर्ने गरी सम्झौता गरेर,
(ख) बोलपत्रदाताहरुबीच बोलपत्र दाखिला गर्नु अघि बोलपत्रमा खुलाउनु पर्ने सूचना वा अन्य कुराहरु एक अर्कालाई जानकारी गराएर,
(ग) कुनै एक बोलपत्रदाताको बोलपत्र स्वीकार हुन सक्ने गरी आपसमा सम्झौता गरी बोलपत्र दाखिला गरेर ।
(२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रतिष्ठान वा त्यस्ता प्रतिष्ठानको सहायक प्रतिष्ठानबीच बोलपत्र सम्बन्धी एक आपसमा सूचना आदान प्रदान गर्दा उपदफा (१) बमोजिमको अनियमितता भएको मानिने छैन ।